दाहुवाका नयाँ मोडलका सि.सि टिभी क्यामेरा नेपालमा, यस्ता छन् सुविधा !

दाहुवाका नयाँ मोडलका सि.सि टिभी क्यामेरा नेपालमा, यस्ता छन् सुविधा !


नेपाली बजारमा दाहुवाको नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभी क्यामेराहरु भित्रिएको छ । 

दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले घर, अफिस, टोल\बस्ती, स्कुल कलेज, सपिङ्गमल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागी उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने भएको हो । कम्पनीले हालै ति क्यामेरा आयात गरेको छ । नेपाली ग्राहकहरुको माग र रोजाईको आधारमा आयात गरिएका दाहुवाका क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जानकारी गराएको छ । 

हाल आयात गरिएका सि.सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भईरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन-रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुबिधाहरु रहेको छ । 

त्यसैगरी मानिस तथा सवारी साधानको आवतजावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाईम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पि टि जेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेईकल मेटा डाटा, मानिसहरुले मास्क लगाए पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

Logo