सुशान्तको मृत्युपछि लागुऔषध मुद्धामा पक्राउ परेका पिठानीले यसरी पाए राहत, अरु को–को छन ?

सुशान्तको मृत्युपछि लागुऔषध मुद्धामा पक्राउ परेका पिठानीले यसरी पाए राहत, अरु को–को छन ?


लागुऔषध मुद्दामा पक्राउ परेका सिद्धार्थ पिठानीले राहत पाएका छन् । 

गत वर्ष दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि चर्चामा आएको लागुऔषध मुद्दामा पक्राउ परेका अभिनेताको रूममेट सिद्धार्थ पिठानीलाई मुम्बई उच्च अदालतले सोमबार छाडेको छ ।
मुद्दामा न्यायाधीश भारती डाङ्ग्रेले सिद्धार्थ पिठानीलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि सिद्धार्थलाई लागुऔषध मुद्दामा गत मे २८ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । 
यस मुद्दामा उनले पहिल्यै तीन पटक जमानतका लागि अपिल गरेका थिए । तर उनको तीन पटकको जमानत खारेज भएपछि उनी उच्च अदालत पुगेका थिए । उच्च अदालतमा उनले अधिवक्ता अद्वैत ताम्हङ्करलाई निवेदन दिएका थिए । उनले त्यो निवेदनमा आफू अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रमाणित गर्ने कुनै प्रमाण नरहेको तर्क प्रस्तुत गरेका थिए ।
बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आकस्मिक मृत्युपछि एनसीबीले बलिउड फिल्म उद्योगमा लागुऔषधको सम्बन्धका बिषयमा अनुसन्धान थालेको थियो । 
यस मामिलामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्तीसहित धेरैलाई पक्राउ गरिएको थियो । तर हाल अधिकांश अभियुक्त धरौटीमा छुटिसकेका छन् । यस मामिलामा श्रद्धा कपुर, सारा अली खान, अनन्या पाण्डे, दीपिका पादुकोण, भारती सिंह लगायतका धेरै बलिउड कलाकारको नाम पनि जोडिएको थियो ।
 

Logo