काठमाडौं उपत्यकामा आज २९८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २९८ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २९८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९० , भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए । शनिबार १८६ जना थपिएका थिए । आइतबार ४२९ जना थपिएका थिए ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ५,७२४ पुगेको छ । आज ११ हजार १२९ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । आज ५८८ जना निको भएका छन् । आइतबार २६७ जना निको भए । शनिबार ३१३ जना निको भएका थिए । शुक्रबार १६९ निको भएका थिए ।

Logo