चीनले बेइजिङमा बनायो संसारकै नौलो विमानस्थल (फोटोसहित)

एजेन्सी । चीनको राजधानी बेईजिङमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरेको छ । बेईजिङ डक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरिएको उक्त विमानस्थल सेप्टेम्बर ३० देखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । ३ वर्ष लगाएको निर्माण गरिएको विमानस्थलको निर्माण कार्य जुन ३० मा सम्पन्न भएको थियो ।

बढ्दो हवाई यातायातको माग पुरा गर्न नयाँ भौतिक संरचना निर्माणमा चीनले ध्यान दिएको छ । यो विमानस्थलले सन् २०२१ सम्ममा प्रतिवर्ष झण्डै ४ करोड ५० लाख यात्रु ओसारपोसार गर्नेछ । भने सन् २०२५ देखि यो विमानस्थलबाट साढे सात करोड यात्रु ओहोर दोहोर गराउने क्षमता राख्नेछ ।

यो विमानस्थलभित्रैबाट यात्रुले रेल सेवा पाउने छन् । ठूलो टर्मिनल क्षेत्र भएकाले आन्तरिक गाडी र आन्तरिक रेल सेवाको पनि व्यवस्था गरिएको छ ।विमानस्थलको सजावट पनि निकै आकर्षक छ ।

प्रविधिका हिसाबले संसारकै नयाँ विमानस्थलमा यो विमानस्थल रहेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । नयाँ विमानस्थलको क्षेत्रफल पनि निक्कै ठूलो छ ।