पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी पूर्व स्थायी समिति बैठक जारी

पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी पूर्व स्थायी समिति बैठक जारी


नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी  बैठक  जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ । 

यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन् । 

पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।  बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी  पनि भइरहेको छ । 

Logo