विश्वकप क्रिकेट : बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा

काठमाडौँ,

भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको छ । जितसँगै जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको हो । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले दिएको ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन मात्र जोड्न सक्यो । आज इंग्ल्याण्ड र न्युजिल्याण्डविच खेल हुने तालिका छ ।