भवन निर्माणको क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

भवन निर्माणको क्रममा करेन्ट लागेर १ जनाको मृत्यु


सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका-६ का १७ वर्षीय विजय विक रहेका छन् । 

उनको मेहलकुना अस्पतालको नयाँ भवन निर्माणको क्रममा शनिबार करेन्ट लागेर  मृत्यु भएको हो । उनको मृत्यु भएपछि आइतबार आफन्त तथा स्थानीयले मेहलकुना बजारमा प्रदर्शन गरेका छन् ।

स्थानीयले सडकमा टायर बालेर आवतजावत गर्ने सवारी साधनहरु रोकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार आफन्तहरुले उचित क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् ।  

Logo