कीर्तिमानी कलेज: सीसीआरसी (भिडियो सहित)

‘लेट योर ड्रिम्स टेक लाइट’ अर्थात तपाईको सपना साकार पार्ने प्रतिबद्धता । हो, यही प्रतिबद्धताका साथसंचालित छ सीसीआरसी कलेज । यस कलेजले ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भन्ने मूलमर्मलाई आत्मसाथ गर्दै अघि बढीरहेको छ ।

क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमाप्लस टु अन्तर्गतको विज्ञान र व्यवस्थापन संकायको अध्ययनअध्यापन गराइदै आएको छ । नेपालको शैक्षिकजगतमा सर्वाेत्कृष्ट ब्राण्डका रुपमा स्थापित यस कलेजकाविद्यार्थीहरुको प्रगतिलोभलाग्दो खालको छ ।

सीसीआरसी कलेज, अधिकांशविद्यार्थी र अभिभावकको पहिलो रोजाई बन्नुको १० प्रमुखकारण यस्ता छन् ।

१. यस कलेजले लामो समयदेखि प्लस टु मा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । २०७५मामात्रै यस कलेजका ९६ जनाविद्यार्थीले ३.९२ जिपिए प्राप्त गरेका थिए भने ३७१ जनाविद्यार्थीले ३.२१ भन्दा बढी जीपीए प्राप्त गरेका थिए ।

२. यहा पढेका विद्यार्थी भाईबहिनीहरुले एमबीबीएस र बीइको छात्रवृत्ति तथा सीएमा उत्कृष्ट उपलब्धि हासिल गरेका छन् ।सन् २०१७/१८मामात्रै २५ जनाविद्यार्थीले एमबिबिएसमा छात्रवृत्ति पाउन सफल भएकाछन् भने ६३ जना विद्यार्थीले एकैपटक इञ्जिनियरिङ अध्ययनकालागि पूर्ण छात्रवृत्ति प्राप्त गरी राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । एउटै कलेजबाट एकै बर्ष यतिधेरै विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नु चानचुने सफलता पक्कै होईन । जसकालागि यस कलेजले कक्षा ११ देखि नै प्रि मेडिकल तथाप्रि इञ्जिनियरिङ कोर्सहरु संचालनगर्दै आएको छ ।

३. यस कलेजमाअध्ययन गरेका विद्यार्थीहरु अहिले विश्वका चर्चित टप विश्वविद्यालयहरुमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । विश्वकै नम्वर वान हार्डवर्ड विद्यालयमा समेत सीसीआरसीका विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउनु नेपालकै लागि गौरवको विषय हो ।

४. त्यस्तै देशभरका विद्यालय तहका सर्वाेत्कृष्ट विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दु पनि हो सीसीआरसी कलेज । २०७५ मामात्रै ४ जीपीएल्याउन सफल ५ जना विद्यार्थीले सीसीआसी कलेज छनौट गरेका थिए।

५. यस कलेजको अर्काे विशेषताकुशल र सक्षम व्यवस्थापकीय टिम हो । जसको व्यवस्थापकीय कौशलताकै कारण विद्यार्थीहरुले चाहे जस्तो शैक्षिक नतिजा, व्यक्तित्वविकास र सेवासुविधा पाएका छन् ।

६. यस कलेजमा नतिजालाई मात्रै होईन विद्यार्थीहरुको शारिरिक, मानसिकतथा संवेगात्मकविकासलाई पनि प्राथमिकतामा राखेर कलेजमै विभिन्न क्लवहरु स्थापना गरिएको छ । ति क्लवहरु मार्फत खेलकुद, वर्कशप, सेमिनार, डिबेटलगायतका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसैको परिणामस्वरुप यस कलेजले थुप्रै अवार्डहरु समेत हातपारेको छ ।

७. सामाजिक दायित्वको बोध गराउनकालागि यस कलेजले सामाजिक क्रियाकलापहरुमा समेत विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ ।

८. कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई त छात्रवृत्ति उपलब्ध गराएकै छ । यसका साथै यस कलेजले विभिन्न प्रकारका अतिरिक्त छात्रवृत्तिहरु समेत प्रदानगर्दै आएको छ ।

९. सीसीआरसी कलेजमा विद्यार्थीमैत्री कक्षाकोठा, क्यान्टिन, होस्टेल, लाइब्रेरी, विभिन्नप्रयोगशालाहरु, कम्प्युटर ल्याव, यातायातलगायतको सुविधा छ ।

१०. आफ्नै निजी अत्याधुनिक भौतिक संरचना र प्ले ग्राउण्ड रहेको यस कलेजको अन्य इन्फ्राक्स्ट्रचर पनि गर्व गर्न लायकको छ ।

‘सीसीआरसीको गौरव नै राष्ट्रको गौरव’भन्ने अभियानसहित विश्वलाई उपयुक्त जनशक्ति निर्माण गर्ने लक्ष्यका साथ संचालन भईरहेको यस कलेज काठमाडौंको कोटेश्वरमा अवस्थित छ । यदि तपाई पनि सफलता चुम्दै राष्ट्रिय कीर्तिमान कायम गर्न चाहनु हुन्छ भने सीसीआरसी कलेज उत्तम गन्तब्य बन्न सक्छ ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री