जीवन उपयोगी शिक्षाकालागि कोलम्बस कलेज (भिडियो रिपोर्ट)

असल र दक्ष नागरिक उत्पादन गर्ने लक्ष्यसहित संचालित कोलम्बस कलेज शिक्षा क्षेत्रको स्थापित ‘ब्राण्ड’ हो ।

शैक्षिक क्षेत्रमा प्रतिष्ठित तथा अनुभवी प्रोफेसरहरुबाट संचालित कोलम्बस कलेज सदैव निष्ठा र इमान्दारितामा विश्वास राख्दछ । सन् २००५ मा स्थापित यो कलेज उत्कृष्ट नतिजा र जीवनोपयोगी शिक्षाका लागि कहलिएको नाम हो ।

यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुन्छ भने बीबीएस र सीआइएमए तहको पनि पठनपाठन हुँदै आएको छ ।

विद्यार्थीको ‘प्रोफेशनल लाइफ’लाई बढवा दिन तत्पर कोलम्बस कलेज हरेक विद्यार्थीलाई आ–आफ्नो क्षेत्रका ‘लिडर’ बनाउन चाहन्छ । यस कलेजले सर्वाेत्कृष्ट नतिजालाई त प्राथमिकतामा राखेकै छ। साथसाथै विद्यार्थीहरुको सुरक्षित भविष्यलाई मध्यनजर गर्दै प्रि-मेडिकल तथा प्रि इञ्जिनियरिङ क्लासहरु पनि संचालन गरिरहेको छ ।

आधुनिक शिक्षा पद्धती अपनाउँदै यस कलेजले प्रविधिमैत्री कक्षाकोठाको व्यवस्था गरेको छ । स्मार्ट बोर्ड, इन्टर्राक्टिभ क्लासरुम, सपोर्टिभ को–करिकुलर एक्टिभिटिज, स्पोर्ट्स ग्राउन्ड लगायत पनि यस कलेजका गर्व गर्नलायक विशेषताहरु हुन् । त्यस्तै स्रोतसाधनले भरिपूर्ण लाइब्रेरी, साइन्स ल्याव, कम्प्युटर ल्याव, सेमिनार हल, ट्रान्सपोटेशन र क्यान्टिन अर्काे महत्वपूर्ण विशेषता हो ।

कलेजले विद्यार्थीहरुको शारिरिक तथा व्यक्तित्व विकासका लागि योगा, बास्केट बल, फुटबल, टेवलटेनिस, ब्याडमिन्टन, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न प्रतियोगिताहरु समेत संचालन गर्दै आएको छ ।

यस कलेजले एसइईका साथै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई छात्रवृति पनि प्रदान गर्दै आईरहेको छ । यसका साथै विद्यार्थीहरुलाई शैक्षिक भ्रमणहरु, मोटिभेसनल प्रिजेन्टेशनहरु प्नि प्रदान गर्दै आएको छ ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री