प्रशान्त महासागरमा नयाँ जीव भेटियो

प्रशान्त महासागरमा नयाँ जीव भेटियो


प्रशान्त महासागरमा सोलुम्बेलुला सी पेन नामक नयाँ जीव फेला परेको छ । 

प्रशान्त महासागरमा पहिलो पटक भेटिएको यो जीवित प्राणी देखेर अनुसन्धानकर्ताहरु छक्क परेका छन् । यी जीवित प्राणीहरु हिन्द र एट्लान्टिक महासागरमा पाइन्छ । यसको शरीर काँटेदार छ । यो जीवको पुच्छर समुद्रको सतहमा जोडिएको थियो ।

यो खोज नाटिलसको समूहद्वारा पत्ता लगाइएको थियो । उनीहरुले नै यो जीवको नाम सोलुम्बेलुला सी पेन राखेका हुन । नाटिलसको टोलीले यो जीवको खोजलाई आश्चर्यको संज्ञा दिएका छन् । पानीको मुनी जैविक विविधताको अध्ययनमा केन्द्रित रिमोट अपरेट रोबोट महासागरमा छोड्दा सी पेन जीवको पत्ता लागेको थियो । 

यो जीव समुन्द्र सतहबाट २ हजार ९९४ मिटरको गहिराईमा भेटिएको थियो । जोन्स्टन एटोलमा अनुसन्धान अभियान २० जुन देखि १३ जुलाई सम्म चलेको थियो । यो अभियान महासागरमा रहेको जैविक विविधताको अध्ययनमा केन्द्रित थियो । 

Logo