आईपिओ: आँधीखोला लघुवित्तको आज अन्तिम दिन, हिमाल दोलखाको बिक्रि खुला

आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद आज (असार २५ ) सकिंदै छ । लघुवित्तले आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।

बिक्रि प्रबन्धक एनआईबिएलएस क्यापिटलका अनुसार मंगलबार बेलुका सम्ममा २ लाख ६४ हजार ८ सय ३३ आवेदकबाट ४६ लाख ३८ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १२ गुणा बढी हो ।
यो लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी  १० करोड हुनेछ । कम्पनीको  अधिकृत पूँजी १५ करोड रहेको छ । २०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो ।
यसैबीच हिमाल दोलखा हाइड्रोपावरले आज (असार २५) देखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् ।  आईपिओमा छिटोमा असार २९ गतेसम्म तर त्यो समयसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।