नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान

नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान


नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो ।
एमाले सांसदहरु कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, शान्तिमाया पाख्रिन लगायतले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन ।

संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद शान्तिमाया पाख्रिनले भनिन्,  ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएका हौं ।’

 

Logo