संसद बैठकमा आज पनि नाराबाजी, बैठक स्थगित

प्रनिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

सभामुख महराले नयाँ कुरा सुनाउने भन्दै बस्न आग्रह गरेका थिए तर विपक्षी सांसदहरुले मानेन् । त्यसपछि सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गरेका थिए  ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विभिन्न विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन अनुमति दिए ।

योगीले सन्देश सुनाइसकेपछि सभामुख महराले बैठक स्थगित गरे।  अर्को बैठक  असार ३० गते दिउँसो १ बजे बस्ने भएको छ।