विश्वकप क्रिकेट: न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको चुनौती

आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको चुनौती दिएको छ । निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनायाे ।

वर्षाका कारण मंगलबारको खेल स्थगित हुँदा ४६.१ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको नोक्सानीमा २११ रन बनाएको थियो । सोही अवस्थाबाट शुरु भएको खेलमा न्यूजिल्याण्डले आज थप २८ रन जोड्न सफल भयो ।

मंगलबार टस जितेर पहिला न्यूजिल्याण्डले ब्याटिङ गरेको थियो।  आजको विजेताले फाइनलमा स्थान बनाउने छ ।