अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्नु : महानगर

अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्नु : महानगर


काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले अन्डरग्राउन्ड पार्किङका लागि गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन दिएको छ ।

शहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै (भवन निर्माण इजाजत विभाग) बाट जमिन तल, वेसमेन्टमा गाडी पार्किङ जस्ता प्रयोजनका लागि नक्सा स्वीकृत गरिएका भवनहरुले भवनको निर्माण सम्पन्र पश्चात् प्रयोगमा ल्याउन अपिल गरेको छ ।

विभागले केही भवनहरुले स्वीकृत नक्सा बमोजिम बेसमेन्ट, गोदाम, र जमिन तल्लामा नक्सा स्वीकृत बमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको हुँदा सूचना प्रकाशित गरिएको ३५ दिन भित्र काठमाडौं महानगरपालिकामा नक्सा स्वीकृत गरे अनुसारको प्रयोजनमा ल्याउन जानकारी दिएको छ ।

उक्त विषयमा काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र साहले अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सा पास गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरु आएको भन्दै महानगरले यो सम्बन्धी सूचना जारी गरेको जनाए । त्यसैगरी सो विषयमा महानगरीय ट्राफिक प्रहरी कार्यालयले हिजो पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै सवारी पाकिङ्गको समस्यालाई छिटोभन्दा छिटो हल गर्ने बताएको थियो ।

Logo