सतप्रतिशत नतिजा ल्याउने कलेज: नेपाल काष्ठमण्डप

सतप्रतिशत नतिजा ल्याउने कलेज: नेपाल काष्ठमण्डप


राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा लगातार पाँच वर्षसम्म ‘प्लस टु’ तर्फ दोस्रो स्थान हासिल गर्न सफल कलेज हो, नेपाल काष्ठमण्डप । काठमाडौंको कलंकीमा रहेको यो कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ। 

२२ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको काष्ठमण्डपमा १ हजार ५ सयबढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई सर्टिफिकेटमुखी भन्दा पनि प्रयोगात्मक र व्यवहारिक जीवन निर्वाह गर्नसक्ने बनाउनु कलेजको प्रमुख उद्धेश्य हो । 

सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्देश्य बोकेर सञ्चालनमा आएको यो कलेजले थुप्रै डाक्टर, इन्जिनियर तथा व्यवस्थापक उत्पादन गरिसकेको छ। 

स्थापनादेखि अहिलेसम्म कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै राष्ट्रिय परीक्षा बोर्डमा समेत ‘टप कलेज’का रुपमा स्थापित भएको छ । देश तथा विदेशमा अध्ययन–अध्यापन गराएका दक्ष शिक्षकसँगको सहकार्यमा कलेजले आफ्नै एपमार्फत् विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ।

स्नातक तहमा समेत निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको नेपाल काष्ठमण्डप कलेज, बीबीए तर्फ पनि लगातार ७ वर्ष नेपालकै उत्कृष्ट बन्न सफल भएको छ।

सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्देश्य बोकेर सञ्चालनमा आएको यो कलेजले थुप्रै डाक्टर, इन्जिनियर तथा व्यवस्थापक उत्पादन गरिसकेको छ। 

आधुनिक पद्धति अवलम्बन गर्दै र प्रयोगात्मक क्रियाकलापमा  पनि उत्तिकै जोड दिँदै आएको यो कलेजमा होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटरका उच्चस्तरीय ल्याब रहेका छन्। 

Logo