राष्ट्रिय सभामा सांसदहरुको टिप्पणी : कर्णालीमा पेट्रोलियम उत्खननदेखि फुटपाथ व्यापारी सम्म

राष्ट्रिय सभामा सांसदहरुको टिप्पणी : कर्णालीमा पेट्रोलियम उत्खननदेखि फुटपाथ व्यापारी सम्म


राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् गर्ने सम्बन्धमा भैरहेको कामबारे संसदलाई जानकारी गराउन माग गरेका छन ।
उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । त्यस्तै सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गरे । उनले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको   सुनिश्चिता गर्नुपर्ने बताए ।

त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताए । उनले स्थानीय, प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताए ।
 त्यस्तै सांसद सुरेशकुमार आले मगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताए ।

 
 

 

Logo