विश्वकप क्रिकेट : अष्ट्रेलियालाई ८ वीकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलियालाई ८ वीकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाले दिएको २२४ रनको मध्यम लक्ष्यलाई इंग्ल्याण्डले ३२.१ ओभरमा २ वीकेटको समाप्तीसँगै भेटाएको थियो ।

फाइनलमा आयोजक इंग्ल्याण्डले आगामी आइतबार न्युजिल्याण्डसँग प्रतिश्पर्धा गर्नेछ ।

आजको खेलमा अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टिभ स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो ।