हिरोले ल्यायो नयाँ फाइनान्स स्किम,९ प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम,९ प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर


हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ स्किम ल्याएको छ । 

उक्त स्किम अन्तर्गत ग्राहकले  फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत व्याजदर तिरे पुग्नेछ ।

यो नयाँ अफरमा ग्राहकले ४० प्रतिशत डाउनपमेन्ट भुक्तानी गरेर नयाँ वाइक खरिद गर्दा वाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रुपमा उपभोग गर्न पाउनेछन् । 

उक्त रकमलाई शुरुमा १३ प्रतिशत व्याजदरका दरले मासिक किस्ता तिर्दै जाँदा समयमै भुक्तानी गर्ने ग्राहकले पछि व्याजवापत भुक्तानी गरेको कुल रकमको ४ प्रतिशत रकम फिर्ता पाउने भएका हुन् ।

यसरी अन्तिममा ४ प्रतिशत व्याज फिर्ता पाउँदा ग्राहकले जम्मा ९ प्रतिशत व्याजरमा फाइनान्स सुविधा पाउने देखिएको हो । यसका लागी कम्पनीले आफ्नै वित्तिय संस्थाबाट फाइनान्सको सहजिकरण गरिदिनेछ । 

हिरोसंंग अहिले बजारमा एक्सपल्स, एक्सिट्रम स्पोर्टस, एक्सट्रिम २०० आर, एक्सटिङम १६० आर, एचिभर, हंक, ग्ल्यामर, एचएफ डिलक्स, स्प्लेन्डर आई स्मार्ट र सुपर स्प्लेन्डर लगायत मोडलका मोटरसाइकल उपलब्ध छन भने स्कुटरमा डुएट, माइस्ट्रो एज, प्लेजर, प्लेजर प्लस र डेस्टिनी मोडलका स्कुटर उपलब्ध छन् ।

Logo