निफ्रा र नबिल बैंकबीच अस्पताल निर्माण तथा सञ्चालनका लागि वित्तीय सम्झौता

निफ्रा र नबिल बैंकबीच अस्पताल निर्माण तथा सञ्चालनका लागि वित्तीय सम्झौता


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नबिल बैंक लिमिटेडबीच अस्पताल निर्माण तथा सञ्चालनका लागि वित्तीय सम्झौता भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सञ्चालन गर्न रु. २ अर्व ५४ करोड सम्मको कर्जा स्वीकृत गरि सह वित्तीयकरण सम्झौता सम्पन्न भएको हो। 

उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेडले रु. १ अर्बसम्म लगानी गर्ने छ। 

बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत  ज्ञानेन्द्रप्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत  सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
 

Logo