अपरेशन थियटरमा हरियो र नीलो कपडा मात्र किन लगाईन्छ ?

अपरेशन थियटरमा हरियो र नीलो कपडा मात्र किन लगाईन्छ ?


डाक्टरलाई भगवानको दर्जा दिइन्छ । सानो चोटदेखि ठूला रोगसम्म हामी डाक्टरको नै सल्लाह खोज्छौं । यहि क्रममा  तपाईंले याद गर्नु भएको होला कि टिभीदेखि वास्तविक जीवनमा पनि डाक्टर र नर्सहरू अपरेशन थिएटरमा हरियो र नीलो कपडा मात्र लगाउँछन् । तर किन ?

 हामी चम्किलो प्रकाशबाट एकै चोटि घर भित्र प्रवेश गर्दा  केहि समयको लागि आँखा अगाडि अँध्यारो छाउछ । उज्जयालोबाट अँध्यारो तर्फ जादा होस या अँध्यारोबाट उज्जयालो तर्फ जादा होस हामीलाई चक्कर चले जस्तो भएर आँखा अगाडि अँध्यारो छाउछ । यस अवधिमा हरियो वा निलो रंगको सम्पर्कमा आएमा आँखालाई आराम मिल्दछ ।

डाक्टरहरुको हकमा पनि यस्तै हुन्छ । अपरेशन थिएटरमा डाक्टर र नर्सलाई एकाग्रता चाहिन्छ, यी दुवै रङ आँखालाई आराम दिन सहयोगी मानिन्छ, त्यसैले नर्स र डाक्टर दुवैले शल्यक्रिया गर्दा यी दुई रङ मात्र लगाउने गर्छन् । कुनै पनि कुरालाई बिना तर्क स्वीकार गर्न अलि गाह्रो हुन्छ, त्यसैले आउनुहोस् अब यस विषयमा विज्ञानले के भन्छ ?

 वास्तवमा, मानव शरीर यस्तो तरिकाले बनेको छ कि यसले रातो, हरियो र नीलो यी तीन रंग सजिलै देख्न सक्छ । तर रङहरू सूर्यको किरणसँग मिसिएर फरक रङ बनिन्छन् ।

जुन हाम्रो आँखाले सजिलै समात्न सक्छन् । शल्यक्रियाका क्रममा अपरेसन थिएटरमा पनि धेरै किसिमका बत्ती बाल्ने गरिन्छ । यस्तो अवस्थामा शल्यक्रियाको क्रममा कुनै पनि प्रकारको भ्रम र आँखा अगाडि अँध्यारो छाउने समस्याबाट बच्न यी दुवै रंगको प्रयोग गर्ने गरिन्छ ।

Logo