सांसद चौधरीले भनिन्-‘सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्नु’

सांसद चौधरीले भनिन्-‘सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्नु’


प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीहरुको हालसम्म यथोचित पुनस्थापना गर्न माग गरेकी छिन् । आजको संसद बैठकमा बोल्दै उनले सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गर्न माग गरेकी हुन्।

 ‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया, कमलरीहरुको उचित पुनस्थापना हुन सकेको छैन । यस अघिको सरकारले मुक्त कमैया र कमलरीको छोराछोरीहरुलाई पुनस्थापना शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ’ उनले भनिन्,’मुक्त कमैया र मुक्त कमलरीहरुलाई यथोचित पुनस्थापना लागि माग गर्दछु । सरकार र मुक्त कमलरीहरुसँग भएको दश बुँदे सहमती यथाशीघ्र कार्यान्वयन गरोस् सरकारले भन्ने कुरा जोडदार माग गर्न चाहन्छु ।’

Logo