नारायणगढ बुटवल सडकको ठेक्का रद्द गर्ने मन्त्रीको चेतावनी

नारायणगढ बुटवल सडकको ठेक्का रद्द गर्ने मन्त्रीको चेतावनी


भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् ।

बुधवार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिएका हुन् । उनले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमूलक निर्माण हुन नसके ठेक्का तोड्ने बताएका हुन् ।

Logo