आकर्षक वनावट र उत्कृष्ट कार्य क्षमताकाे नेक्सन इभी लोकप्रिय बन्दै नेपाली बजारमा

आकर्षक वनावट र उत्कृष्ट कार्य क्षमताकाे नेक्सन इभी लोकप्रिय बन्दै नेपाली बजारमा


नेपाल भित्रिएको एक वर्षमै नेक्सन इभीको लोकप्रियता बढेको छ । भारतीय अटो निर्माता टाटा मोटर्सले उत्पादन गरेको यो इलेक्ट्रिक एसयुभी नेपाल आएसंगै इभी पारखीको रोजाइमा पर्न सफल भएको हो ।

एक वर्षको छोटो अवधीमै यो एसयुभी इलेक्ट्रिक कारमा सर्बाधिक विक्री हुने ब्रान्डका रुपमा स्थापित भएको कम्पनीले जनाएको छ । आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च र उत्कृष्ट कार्य क्षमता रहेको यो कार सफल हुनुको प्रमुख कारण मानिएको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङको भनाई छ ।

विक्री शुरु भएको १ वर्ष अवधिमा कम्पनीले १६ स्थानमा डिसी चार्जर र १२० स्थानमा एसी चार्जर सहितको चार्जिङ स्टेशन विस्तार गर्न सफल भएको दावी गरिएको छ । बिक्री शुरु भएको १ वर्ष पूरा भएको अवसरमा कम्पनीले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । 

Logo