छानबिन समितिको अन्तिम प्रतिवेदन तयार, सर्वसम्मत हुन सकेन

छानबिन समितिको अन्तिम प्रतिवेदन तयार, सर्वसम्मत हुन सकेन


पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए । 

त्यस्तै, समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरू राखिएको तर सर्वसम्मत हुन नसकेको बताए । करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।
समितिको म्याद बिहीबार नै सकिएको छ ।

Logo