खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म रिलिज

खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म रिलिज


अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ ।

फिल्म आजबाट प्रर्दशनमा आएसंगै  ‘पानी फोटो’ मार्फत खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशनमा डेब्यु गरेका छन ।  फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । 

 फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ ।  फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् । 

कथामा एक वृद्ध दम्पतीले आफ्नो एक मात्र छोराको अन्तिम संस्कार गर्न अस्वीकार गर्छन् र उनीसँगै बेपत्ता भएका मिल्ने साथी जो १५ वर्षपछि घर फर्कीन्छन , उनीसँगै छोरालाई खोज्न हिंड्छन् । यो फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको मानवीय आयामलाई चित्रण गरेको छ  । मल्टीप्लेक्सहरुमा ठीकठाक शो पाएको फिल्मले सिंगल थिएटर भने पर्याप्त पाएको  छ ।
 

Logo