इन्टरपोल नेपाल प्रमुख एसएसपी जोशी अमेरिकामा सम्मानित

काठमाडौं । नेपाल प्रहरी इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीलाई अमेरिकामा सम्मान गरिएको छ । क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी) एसएसपी जोशीलाई सम्मान गरेको हो ।

अमेरिका भ्रमणमा रहेका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिए ।

एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यो सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको बताए । एनसिसिले निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका व्यक्तित्वलाई हौसला स्वरुप सम्मान गर्दै आएको छ ।