कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघ्यो

कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघ्यो


नेपालमा थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  २७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Logo