सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने

सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने


सत्ता गठबन्धनको बैठक आगामी शुक्रबार बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरिरहेको बेला बुधबार बसेको सत्तारुढ दलहरुको शीर्ष तहको बैठकले  शुक्रबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक आगामी शुक्रबार बिहान साँढे नौं बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने , ‘सामान्यतयाः सबै विषयमा छलफल भएको छ । र, गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढने कुरामा सहमती भएको छ । शुक्रबार साँढे नौं बजे फेरी यो गठबन्धनको बैठक बस्छ । र, त्यो बैठकपछि म तपाईहरुलाई आफैं खवर दिनेछु ।’

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनु थिए । बैठकमा नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको थियो । 

Logo