यू –२० टोली स्वदेश फर्कियो

यू –२० टोली स्वदेश फर्कियो


भारतमा आयोजना भएको साफ यू –२० साफ च्याम्पियनसिपमा सहभागी भएर  नेपाली  टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली बिहीबार स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।

राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो ।

तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बारबरी खेलेको थियो । प्रतियोगितामा भारत र बंगलादेश शीर्ष दुई टोलीको रुपमा फाइनल प्रवेश गरेका छन् । फाइनल शुक्रवार हुँदैछ । 

Logo