सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई

सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई


सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । कार्यदलका अर्का सदस्य रामसहाय यादवका अनुसार पर्सि बुधबार बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको छ ।

Logo