सिडीएससीका सम्पूर्ण सेवा साँझ ५ बजेदेखि एक दिनसम्म नचल्ने

सिडीएससीका सम्पूर्ण सेवा साँझ ५ बजेदेखि एक दिनसम्म नचल्ने


सिडीएस एण्ड क्लियरिङ (सिडीएससी)ले संचालन गरेको मेरो शेयरको वेबसाइट आज साँझ साढे ५ बजेदेखि नचल्ने भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्‍याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले २४ घण्टाका लागि सिडीएससीले संचालन गरेको सम्पूर्ण सेवाहरु नचल्ने जारी सूचनामा उल्लेख छ ।  

सिडीएसका अनुसार सिडीएससीले संचालक गरेका मेरो शेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु बन्द हुनेछन् । यद्यपि उसले सञ्चालन गरेका सेवामा रहेका सबै डाटा सुरक्षित हुने सिडीएससीले जनाएको छ । 

Logo