थप ५४२ जनामा कोरोना संक्रमण

थप ५४२ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन्  । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् । 

Logo