चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ


चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । 

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।

सभापति खडकाले  पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ । 
 

Logo