श्रममन्त्रीले हरेक आइतबार विहान एक घण्टा श्रमीकको गुनासो सुन्ने

श्रममन्त्रीले हरेक आइतबार विहान एक घण्टा श्रमीकको गुनासो सुन्ने


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् ।

श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने छ । मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग कुरा गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

Logo