एउटै तहका कर्मचारीको तलब समान बनाउन सरकारले बनायो समिति

एउटै तहका कर्मचारीको तलब समान बनाउन सरकारले बनायो समिति


सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले बढाएपनि समान पदको तलब समान नभएको भन्दै अर्थमन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाएको थियो ।

त्यसको विरोधमा तल्लो तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले तलबमान निर्धारणका लागि समिति गठन गर्ने आश्वासन दिएका थिए । सोही आश्वासन अनुसार अहिले समिति गठन भएको हो । 
 

Logo