दाङमा बन्दकर्ताले गरे सवारीसाधनमा आगजनी

दाङमा बन्दकर्ताले गरे सवारीसाधनमा आगजनी


दाङमा बन्दकर्ताले सवारीसाधनमा आगजनी गरेका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन् । चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

Logo