सभामुखले फिर्ता गरे संवैधानिक परिषद्को नियुक्ति सिफारिस

सभामुखले फिर्ता गरे संवैधानिक परिषद्को नियुक्ति सिफारिस


काठमाडौं ।

संघीय संसद सचिवालयले संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्तिका लागि गरेको सिफारिसलाई फिर्ता पठाएको छ।

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाई समितिको कार्यविधि स्वतः समाप्त हुने र नियुक्तीको सिफारिस सम्बन्धि पत्रहरु प्रतिनिधिसभा विघटनपछि मात्रै सचिवालयमा प्राप्त भएकाले ती सबै सिफारिस सम्बन्धि पत्रहरुलाई फिर्ता पठाईएको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि ऐन २०६६ मा व्यवस्था भएको भन्दा फरक किसिमले अध्यादेश जारी गरिएको, परिषद्का सदस्य रहेका सभामुखलाई जानकारी नै नदिई बैठक बसेको अवस्थामा सिफारिस गरिएको तथा विगतमा पनि संसदीय सुनुवाई समिति बहाल नरहेको अवस्थामा संसदीय सनुवाईका लागि सिफारिस भई आएका निर्णय र पत्रहरु सम्बन्धित निकायमा फिर्ता पठाएको नजिर रहेकाले सो नजिरलाई पनि सिफारिस फिर्ताको आधार बनाईएको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

Logo