कोरोना पीडित संघर्ष समिति आन्दोलित, पेसा व्यवसाय सहज ढंगले संचालन गर्न पाउनु पर्ने माग

कोरोना पीडित संघर्ष समिति आन्दोलित, पेसा व्यवसाय सहज ढंगले संचालन गर्न पाउनु पर्ने माग


काठमाडौं ।

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् ।

मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठितरुपमा संघर्षमा उत्रिएका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनु परेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए ।

मौद्रिक नीति सबैमा समान प्रकारले लागू गर्नु पर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरि व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ । मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पूरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाईएको छ ।

Logo