बलात्कार अभियोगमा कपडा व्यापारी पक्राउ

बलात्कार अभियोगमा कपडा व्यापारी पक्राउ


डोल्पा ।  ४० वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा मुगु कार्मरङ्ग गाउँपालिका-१ घर भएका ५३ वर्षीय कार्म तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डोल्पा जिल्लामा आई गाउँघरमा कपडा बिक्री गर्दै हिँड्ने तामाङले ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo