सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो

सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो


भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेकाे छ ।

चालु आव २०७७/७८ मा छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए। भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ ।

अघिल्लो आव २०७६/७७ मा सो कार्यालयले सात करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

Logo