मन्दिरको जग्गा व्यक्तिको नाममा पास, ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मन्दिरको जग्गा व्यक्तिको नाममा पास, ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

धनुषामा मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरेको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्तिको नाममा जग्गा पास गरिदिने तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषा, पिडारी चोकमा रहेको रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरी भोगचलन गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता रहेको पाइएको अख्तियारले जनाएको छ।

सरकारी सार्वजनिक जग्गा हाल उनीहरूको नाममा देखिएकाले जफत गरी पुनः नेपाल सरकारलाई कायम गराउन माग दाबी लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

Skip This
Skip This
Logo