काठमाडौं । काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा साेमबार मात्रै २ सय २४ जना थपिएका हुन् । जसमध्ये भक्तपुरमा १४ , ललितपुरमा ३३ र काठमाडौंमा १ सय ७७ रहेका छन् ।
देशभर संक्रमितको संख्या ७ सय ४३ रहेको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएको पुष्टि भएकोे छ । मृत्यु हुनेमा काठमाडौंका १, रुपन्देहीका ४, मोरङका १, सुनसरीका १ र पर्साका १ रहेका छन् । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ पीसीआर परीक्षण गरिएको छ । साथै देशभर निको हुनेको संख्या १८ हजार ८ सय ६ रहेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा १ सय ७५ जना डिस्चार्ज भएका छन् ।































प्रतिक्रिया