मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

केन्द्रबिन्दु
0
Shares

युवा कवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती मनाइँदै छ ।

साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै  जन्मजयन्ती मनाउँदै छन्। राष्ट्रिय विभूति समेत रहेका उनको १ सय ५६ वर्ष पहिले विसं १९२३  भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो ।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको थियो । कुशे औँसीका दिन जन्मेका उनको वि।सं। १९५३  कुशे औँसीकै दिन ३० वर्षको  अल्पायुमै निधन भएको थियो । शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।

युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकार बताउछन् । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।

Logo