पछिल्लो २४ घण्टामा मुलुकमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ६५ जना र एन्टिजेन परीक्षणबाट १०८ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् भने कसैको ज्यान गएको छैन । साथै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।





























प्रतिक्रिया