गुनासा सुन्न ‘हेलो मेयर’ हटलाइन

गुनासा सुन्न ‘हेलो मेयर’ हटलाइन

केन्द्रबिन्दु
0
Shares

कास्कीको पोखरा महानगरपालिकाले सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने गरी  ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।

टोल फ्री नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गर्ने गरी ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको पोखरा महानगरपालिका जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हटलाइन नम्बर हरेक दिन बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुनेछ।

हटलाइन सेवाको प्रभावकारिता बढेमा तथा नागरिकका गुनासाहरूको सुनुवाई गरेर उनीहरूको काममा सहज बनाउन सकेको अवस्थामा यो सेवालाई अझै प्रभावकारी रूपमा विस्तार र व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ।

Logo