कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट बालिकाको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाटा नपागरपालिका –७ सिमलफाँटाका १० वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।

हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् । 

 

Logo