अनधिकृत रुपमा अन्य ब्रान्डको लोगो राखेर चामल बेच्ने उद्योगमा सिल

अनधिकृत रुपमा अन्य ब्रान्डको लोगो राखेर चामल बेच्ने उद्योगमा सिल

केन्द्रबिन्दु
0
Shares

अनधिकृत रुपमा अन्य उद्योगको ब्रान्ड राखेर चामल प्याकेजिङ तथा बिक्री गर्ने एक उद्योगलाई सिल गरिएको छ। प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका- ३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सिल गरेको हो। 

भारतबाट चामल आयात गरी अनधिकृत रुपमा विभिन्न ब्रान्डको लेबल राखेर चामल बिक्री गरेको आरोपमा उद्योग सिल गरिएको हो। टोलीले उद्योगका सञ्चालक एस अग्रवाल र म्यानेजर लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ।  

टोलीले प्याकेजिङका लागि राखिएको एक लाख ८० हजार केजी तथा र ४७ हजार ४६० केजी प्याकेजिङसहितको चामल पनि सिलबन्दी गरेको छ।

Skip This
Skip This
Logo