पशुपतिमा तीजको रौनक (फोटो फिचर)

पशुपतिमा तीजको रौनक (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

यस वर्षको हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइँदै आएको छ । हिन्दू नारीका लागि विशेष मानिने तिज पछिल्ला वर्षमा सबै समुदाय र जातिको सद्भाव र मिलापको पर्व बन्दै आएको पाइन्छ ।

आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ । यसैबीच पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । १४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ । 

हेर्नुहोस् पशुपति मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाहरू….

Logo