न्यायाधीश अधिकारी बर्खास्त

न्यायाधीश अधिकारी बर्खास्त

केन्द्रबिन्दु
0
Shares

बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त भएका छन् । विभिन्न आरोपमा मुछिँदै आएका न्यायाधीश अधिकारीलाई बिहीबार बसेको न्यायपरिषद्को बैठकले  बर्खास्त गर्ने निर्णय गरेको हो ।

अधिकारीविरुद्ध न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै न्याय परिषद्‍मा उजुरी परेको थियो । त्यसपछि उनी सर्वोच्च अदालतमा तानिएका थिए ।

यसअघि न्यायाधीश अधिकारीमाथि महोत्तरी र सप्तरी जिल्ला अदालतमा कार्यरत रहँदा पनि न्यायिक विचलन र कार्यक्षमताको अभावमा छानबिन भएको थियो । 

Logo